२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

तिहारमा सबैभन्दा धेरै खपत हुने चिनीको मुल्य घट्ने, कतिसम्म सस्तो होला बजार ?

५ कार्तिक, काठमाडौँ । यो साल दशैँछेका चिनीको मूल्य ब्यापक मात्रामा महँगिएको थियो । त्यसको असर दशौँलाख उपभोक्ताले व्यहोर्नु पर्यो । तर हाम्रा चार्डपर्वहरुमध्ये चिनीको ज्यादा खपत दशैँमा नभएर तिहारमा हुन्छ । त्यसैले तिहारको समयमा चिनीको मूल्यबारे धेरैले चासो राखेका हुन्छन् ।

यो साल तिहारमा चिनीको मूल्य केही सस्तो हुने भएको छ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनजस्ता सरकारी संस्थाहरुले ठूलो परिमाणमा चिनी आयात गरिरहेका छन् । यी संस्थानले ५० प्रतिशत भन्सार छुटमा विदेशबाट चिनी आयात गरिरहेका कारण यसको आपूर्ति बढ्ने र लागत घट्ने अवस्था आएको हो ।

यी दुई संस्थानले ३० हजार टन चिनी ५० प्रतिशत भन्सार छुटमा आयात गर्न लागेका हुन् । यसबाहेक उनीहरुको कोटाको चिनी पनि आयात भइरहेको छ । भन्सार छुटमा चिनी आयात हुँदा यसको लागत कम पर्ने भएकाले तिहारमा चिनी सस्तिने भएको हो ।

अहिले चिनीमा खरीद मूल्यको ३० प्रतिशत भन्सार महशुल लाग्छ । त्यसमाथि १३ प्रतिशत मूल्य अभिबृद्धि कर भ्याट जोड्दा करीब ४७ प्रतिशत राजस्व लाग्दै आएको छ । तर भन्सार महसुल ३० बाट आधा घटाएर १५ प्रतिशतमात्रै गर्दा यसबाट राम्रै लागत बचत हुन्छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस