२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आजको शेयर बजार ४७ अंकले घट्यो, ८ अर्ब १८ करोडको कारोबार

४ कार्तिक , काठमाण्डौँ ।  आइतबार सेयर बजार परिसूचक नेप्से ४७.४४ अंकले घटेको छ । २७३३ बिन्दुबाट सुरु भएको कारोबार केही क्षणमै उच्च अंकले घटेर २६९७ बिन्दुमा ओर्लिएको थियो । त्यसपछि तीव्र उतारचढावका बिच आइतबार नेप्से २७४८ को उच्च बिन्दुसम्म उक्लिएको थियो । अन्तिममा २६९८ बिन्दुमा आएर कारोबार रोकिएको छ ।

आइतबार १८ कम्पनीको मूल्य बढेको छ । २२६ कम्पनीको मूल्य भने घटेको छ । आइतबार कुल २ करोड ८ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब १८ करोड २ लाख रुपैयाँको कारोबार भएको छ ।
कारोबार रकमका हिसाबले आइतबार गुडविल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रह्यो । यसको ४५ करोड ७ लाख मूल्यको सेयर खरिदबिक्री भएको छ ।

आइतबार सेन्सेटिभ इन्डेक्स १.५९ प्रतिशतले घटेको छ । आइतबार सबै उपसमूहको सूचक घटेको छ । सबैभन्दा धेरै फाइनान्स उपसमूहको सूचक ४ प्रतिशतले झरेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस