२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले सचिवालय बैठक बस्दै, रवि लामिछाने पक्राउबारे छलफल हुनसक्ने

४ कार्तिक , काठमाण्डौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । साँझ ५ बजेका लागि बोलाइएको बैठक पार्टी कार्यालय च्यासलमा बस्ने एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

बैठकमा समसामयिक छलफल हुने बुझिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ परेको विषयलाई लिएर तर्क वितर्क भइरहेका छन् । बैठकमा यस विषयमा छलफल हुनसक्ने नेताहरू बताउँछन् ।

प्रकाशित मिति : २०८१ कार्तिक ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस