२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘माओवादीको साथ पाए २०६४ साल दोहोर्‍याउन सकिन्छ’ : विप्लव

३ कार्तिक , चितवन । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी एकताबद्ध भए ०६४ साल दोहोरिने दावी गरेका छन् । जनताको जीवन बदल्ने अभिभारा अब माओवादीले मात्रै पूरा गर्नसक्ने उल्लेख गर्दै त्यसका लागि क्रान्तिकारीहरूको एकता आवश्यक रहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसामु विप्लवले क्रान्तिकारीहरुको एकता आवश्यक रहेको बताए । त्यस्तै माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले हजारौं यौद्धाको बलिदानबाट प्राप्त संविधान कसैले दायाँबायाँ गर्न नपाउने उल्लेख गर्दै अब माओवादी र बामपंथी एकताबाट समाजवादी आन्दोलन अघि बढाउनुपर्ने बताए ।

प्रकाशित मिति : २०८१ कार्तिक ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस