२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘भूमि समस्या समाधान गर्न छिट्टै आयोग गठन हुन्छ’ : मन्त्री अधिकारी

३ कार्तिक, नुवाकोट । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या समाधान गर्न छिट्टै आयोग गठन हुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले नुवाकोटले आज विदुरमा आयोजना गरेको अन्तरक्रिया तथा भेट्घाटमा उनले आयोगलाई अधिकारसम्पन्न बनाई कात्तिकभित्रै गठन गर्ने तयारी भइरहेको बताए ।

आयोगले गर्ने काममा कानूनी प्रश्न उठ्न नदिन भूमि ऐन, नापी ऐनसहित यससँग सम्बन्धित कानून निर्माण तथा सुधारमा मन्त्रालय लागिरहेको मन्त्री अधिकारीले भने । अब बन्ने आयोगले विगतका आयोगले गरेका कार्यको दायित्व ग्रहण भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधानमा केन्द्रित हुने उल्लेख गर्दै उनले बिर्ता र गुठी समस्या समाधानका लागि क्रमशः कानुन निर्माण गरेर अगाडि बढ्ने सरकारेको लक्ष्य रहेको बताए ।

प्रकाशित मिति : २०८१ कार्तिक ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस