२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हमास प्रमुख सिनवारको मृत्युपछि रोकिएला युद्ध ? प्रश्न अझै अनुत्तरित !

२ कार्तिक, काठमाण्डौँ ।  हमासका राजनीतिक प्रमुख याह्या सिनवार मारिएपछि इजरायलमा खुशी छाएको छ भने विश्वभरबाट प्रतिक्रिया आउन थालेका छन् ।

सिनवारकै कारण विनाशकारी युद्ध भएको भन्दै इजरायललगायत उसका समर्थक देशले सिनवारको मृत्युलाई महत्त्वपूर्ण सैन्य उपलब्धि भएको प्रतिक्रिया दिएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सिनवारको मृत्युको दिनलाई इजरायल, अमेरिका र विश्वका लागि राम्रो दिन भनेका छन् । अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यू मिलरले सिनवारको मृत्युलाई युद्धको प्रकृति परिवर्तन गर्ने अवसर भएको बताएका छन् ।

सिनवारको मृत्युपछि युद्ध अन्त्य हुने आसामा अहिले उत्तरी इजरायलको ग्यालिल समुद्रको किनारमा स्थानीयले उत्सव नै मनाएका छन् । सयौँ मानिसहरू सडकमा उत्रिएर नाचिरहेका छन् भने सडक अवरुद्ध भएका छन् । उनीहरूले विजयीभावमा झण्डा फहराएका छन् ।

प्रकाशित मिति : २०८१ कार्तिक २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस