२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज मन्त्रिपरिषद् बैठक बस्दै, तीन दलको सहमतिअनुसार निर्णय हुने

२ कार्तिक , काठमाण्डौँ । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने तय भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार साँझ ५ बजेका लागि बैठक तय भएको छ ।

बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग टीआरसी गठनका लागि सर्च कमिटी बनाउने बताइएको छ ।

यसअघि बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले सर्च कमिटी टुंग्याउने निर्णय गरेको हो।
सोही निर्णयअनुसार मन्त्रिपरिषद् बैठकले सर्च कमिटीको नाम टुंग्याउने जनाइएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस