२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

साफ महिला फुटबलमा आज दुई खेल हुँदै, नेपालको सामना भुटानसँग हुने

२ कार्तिक, काठमाडौँ । जारी साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज दुई खेल हुँदै छन् ।
आज पहिलो खेल श्रीलंका र माल्दिभ्सबीच हुँदैछ। दशरथ रंगशालामा हुने यो खेल नेपाली समय अनुसार साढे ३ बजेदेखि शुरु हुने छ । त्यस्तै दोस्रो खेल नेपाल र भुटानबीच हुँदै छ। यो खेल नेपाली समय अनुसार साढे ५ बजेदेखि शुरु हुने छ ।

प्रतियोगितामा पहिलो खेलमा भारतले पाकिस्तानलाई ५-२ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ । यस प्रतियोगितामा आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले यो प्रतियोगितामा भाग लिइरहेका छन् । नेपाल समूह बी मा श्रीलंका, माल्दिभ्स र भुटानसँग रहेको छ भने समूह ए मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन् ।

#साफ महिला फुटबल

 

प्रकाशित मिति : २०८१ कार्तिक २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस