२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दशैं सकिएलगत्तै काठमाडौँ जानेको भिड, १ दिनमै ५६ हजार यात्रु भित्रिए !

२ कार्तिक, काठमाडौँ । दशैं सकिएलगत्तै बिहीबार २४ घण्टामा ५६ हजार ५११ यात्रु काठमाडौं उपत्यका प्रवेश गरेका छन् ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको अनुसार, बस, सानो सवारी, मोटरसाइकल र माइक्रोमा गरेर १ कात्तिक बिहान ६ बजेदेखि २ कात्तिकको बिहान ६ बजेसम्म ५६ हजार यात्रु काठमाडौं भित्रिएका हुन् ।

यो अवधिमा १ हजार १६८ बस, ३ हजार ९१८ सानो सवारी, ५ हजार ७४४ मोटरसाइकल र ३८० माइक्रो राजधानी प्रवेश गरेका छन् । यही अवधिमा १० हजार ८२१ सवारी उपत्यकाबाट बाहिरिएका छन् ।

प्रकाशित मिति : २०८१ कार्तिक २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस