२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बार अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दाको सुनुवाइ सकियो

१ कार्तिक, काठमाडौँ । नेपाल बार एशोसिएनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दाको सुनुवाइ सकिएको छ । न्यायाधीश कुमार रेग्मी र डा। कुमार चुडालको संयुक्त इजलासमा अध्यक्ष घिमिरेविरुद्धको मुद्दामा सुनुवाइ सकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

न्याय परिषदले गरेका निर्णयहरूका विषयलाई लिएर सर्वोच्च अदालत प्रशासनले बारका अध्यक्ष घिमिरेविरुद्ध अदालत अवहेलनाको मुद्दा दायर गरेको थियो । न्यायपरिषदको असोज ११ गतेको बैठकले नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेपछि बार अध्यक्ष घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले ‘लेनदेन’ का आधारमा न्यायाधीश सिफारिस गरेको अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति : २०८१ कार्तिक १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस