२०८१ असोज २७ गते आइतवार | 2024 October 13th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अरनिको राजमार्ग बल्ल एकतर्फी खुल्यो

Arani's highway was barely opened in one direction

२७ असोज, काठमाडौं । सुख्खा पहिरो पन्छाएपछि अरनिको राजमार्ग एकतर्फी खुलेको छ । काभ्रेको पाँचखाल नगरपालिका–८, पचासकिलो भन्ने स्थानमा गएराति सुख्खा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले स्थानीय तह र सडक विभागसँग समन्वय गरी पहिरो पन्छाएपछि आज बिहान ९ बजेदेखि सडक एकतर्फी खुलेको जानकारी दिए । बाटो दुईतर्फी नै खुलाउने प्रयास भइरहेको छ ।

सुक्खा पहिरो खसेपछि बाटो दुईतर्फी नै बन्द भएको थियो । दशैंका बेला बाटो बन्द भएपछि यात्रुहरु समस्यामा परेका थिए । बाटो खुलेपछि सवारी साधन र तिनमा सवार यात्रुहरु पालैपालो गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असोज २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस