२०८१ असोज २५ गते शुक्रवार | 2024 October 11th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दशैंको २ दिन रिङरोडमा सशस्त्र प्रहरीले चलायो निःशुल्क बस

On the 2nd day of Dashain, the Armed Police ran a free bus on Ring Road

२५ असोज, काठमाडौं। नेपाल प्रहरीले जस्तै सशस्त्र प्रहरीले पनि दशैंमा रिङरोडभित्र दुई दिन निःशुल्क बस सञ्चालन गरेको छ । सशस्त्र प्रहरी बलले आज र भोलि (असोज २५ र २६ गते) काठमाडौको रिङरोडमा निशुल्क बस सञ्चालन गरेको सशस्त्र प्रहरीका प्रवक्ता एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले बताए ।

उनका अनुसार आज बिहान ६ बजे बाट सुरू भएको नि:शुल्क बसको पहिलो रूट सशस्त्र प्रहरी प्रधान कार्यालयबाट कलंकी, सातदोबाटो, कोटेश्वर, गौशाला, महाराजगन्ज, बालाजु रुटमा सञ्चालन गरिएको छ ।

यस्तै अर्को बस प्रधान कार्यालयबाट बालाजु, महाराजगन्ज,गौशाला, कोटेश्वर , सातदोबाटो, कलंकी रुटमा सञ्चालन गरिएको छ । चाडपर्बको समयमा सार्बजनिक गाडी कम गुड्ने भएकोले सर्बसाधारणको सुबिधाको लागि बस सञ्चालन गरिएको उनको भनाइ छ ।

यस्तै सशस्त्र प्रहरीले सर्वसाधारणका लागि भनेर देशभरी स्थानिय निकायसँगको समन्वय १९७ वटा लिङ्गेपिङ बनाइदिएको छ । विगत करिब १४ वर्ष देखिपिङ राख्ने कार्यलाइ यो बर्ष पनि निरन्तरता दिइएको उनले बताए । दशैंमा यसअघिका वर्षमा पनि काठमाडौमा सशस्त्र प्रहरी बलले नि:शुल्क बस सेवा सञ्चालन गरेको थियो ।

 

प्रकाशित मिति : २०८१ असोज २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस