२०८१ असोज २३ गते बुधवार | 2024 October 9th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मस्तिष्कघातबाट वरिष्ठ गीतकार विश्व बल्लभको निधन

काठमाडौं । वरिष्ठ गीतकार विश्व बल्लभको ८० वर्षको उमेरमा बुधबार निधन भएको छ । केही दिनदेखि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको मस्तिष्कघातको उपचार भइरहेको थियो । बल्लभको उपचारार्थ अर्थ संकलनमा सक्रिय गीतकार राजेन्द्र थापाले सामाजिक सञ्जालमार्फत बल्लभको निधन भएको जनाएका छन् । बल्लभको पार्थिव शरीरलाई बुधबार दिउँसो १ बजेपछि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।

लामो समय रेडियो नेपालका जागिरे बल्लभका दुई छोरी छन् । दुवैले विवाह गरिसकेका छन् । उनकी श्रीमतीको दुई वर्षअघि क्यान्सरले निधन भएको थियो । उनी वरिष्ठ कवि तथा गीतकार ईश्वर बल्लभका सहोदर भाइ हुन् । तारादेवीले गाएको ‘शुभकामना’, अरूणा लामाले गाएको ‘भाग्यले खुसी खोसेर लग्यो’, अमर तण्डुकारले गाएको ‘धेरै दिन भो तिम्रो झझल्को’ जस्ता चर्चित गीत बल्लभले नै लेखेका हुन् ।

 

प्रकाशित मिति : २०८१ असोज २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस