२०८१ असोज २२ गते मङ्गलवार | 2024 October 8th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उदयपुरमा २८ वर्षीय प्रमिला तामाङ काटेर टाउको बोकेर हिड्दै गरेका जङ्गबहादुर पक्राउ

Pakrau arrested

काठमाडौं । नेपालको उदयपुर जिल्लामा ज्यादै विभत्स घटना भएको छ । उदयपुरको त्रियुगा नगरपालिका-६ जलजलेकी २८ वर्षीय प्रमिला तामाङलाई घाँटीमा काटेर टाउको बोकेर हिड्दै गरेको अवस्थामा जङ्गबहादुर घिसिङ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय जलजलेको नियन्त्रणमा रहेका उनको अनुशन्धान भइरहेको छ ।

हत्या गर्ने जंगबहादुर मृतकका पूर्व श्रीमान भएको खुलेको छ । उनीहरुको सम्बन्ध विच्छेद भएकोपनि ४ बर्ष भएको थियो । सम्बन्ध विच्छेदपछि अर्को पुरुषसँग लागेको शंका गर्दै उनले घटना घटाएका हुन् । मंगलबार त्रियुगा नगरपालिका ६ जलजलेमा करिब ६ बजेको समयमा घटना भएको हो ।

प्रकाशित मिति : २०८१ असोज २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस