२०८१ असोज २१ गते सोमवार | 2024 October 7th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चितवनमा मोटरसाइकल र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु, ५ जना घाइते

www.janaboli.com;

२१ असोज, चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जंगलमा तीनबाट मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । आज बिहान सवा ९ बजे रत्ननगर नगरपालिका-९ टिकौलीमा ना४३प ६२४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा बा.प्र.०३-००३प ८६६ नम्बरको स्कुटर र ग१२प ७१७२ नम्बरको मोटरसाइकल ठोक्किन पुगेका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक स्याङजा आँधीखोला गाउँपालिका-३ बस्ने वर्ष २३ को रोहन पौडेलको उपचारको क्रममा मृत्यु भएको छ । उनको शव भरतपुर अस्पतालमा राखिएको छ । घाइते ४ जनाको नयाँ मेडिकल कलेजमा र १ जनाको बकुलहर अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : २०८१ असोज २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस