२०८१ असोज २१ गते सोमवार | 2024 October 7th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

झापामा हत्या आरोपमा नाबालकसहित ३ जना पक्राउ, पार भएकाे थियाे निर्ममताकाे हद

२१ असोज, काठमाडौं । झापामा हत्या आरोपमा एक नाबालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापाको बाह्रदशी गाउँपालिका–७ का ३१ वर्षीय समीर राजवंशी, सोही ठाउँकी २० वर्षीया मेचे राजवंशी र सोही ठाउँका एक नाबालक छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमणिले पक्राउ गरेको हो । १५ जेठ २०८१ को राति साढे ११ बजेतिर बाह्रदशी गाउँपालिका–५ फुलाबारी बस्ने २२ वर्षीय राजेश हजाम वेपत्ता भएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

लगत्तै खोजी तथा अनुसन्धानमा खटिएको प्रहरी टोलीले केही संकित व्यक्तिमाथि सोधपुछ गरेको थियो ।

अनुसन्धानकै क्रममा २० असोजमा बाह्रदशी–७ बिरिङ खोलामा अस्थिपञ्जर भेटिएको थियो । उक्त अस्थिपञ्जर हजामकै भएको पुष्टि भएपछि थप अनुसन्धान गरेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले मिलेर घरमा हत्या गरेर फ्यालेकाे बुझिएकाे छ ।

 

प्रकाशित मिति : २०८१ असोज २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस