२०८१ असोज २० गते आइतवार | 2024 October 6th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

के हो अदालतको अवहेलना, सिधा कुरा पत्रकारले जेलबाट छुटेपछि के–के भने [भिडिओसहित]

काठमाडौं । के अदालतले गलत नै गरेपनिविरुद्धमा लेख्ने पत्रकार समेत अदालतको अवहेलनामा थुनिन्छन् ? बोल्ने जो कोही नागरिक थुनिन्छन् ? सिधा कुरा डटकमका सम्पादक नवीन ढुंगाना र सञ्चालक युवराज कँडेललाई कैद सजाय तोक्नेगरी अदालतको बृहत पूर्ण इजलासले फैसला गरेपछि उठेको प्रश्न हो ।

अदालतको आदेशपछि अदालतको सम्मान भन्दै पत्रकारद्धय त्यही दिन हिरासतमा गए । आज माफी मागेर थुनामुक्त भएका छन् । अदालतको अवहेलना ठहर भएका ढुंगाना र कँडेल असोज १३ गते जेल चलान भएका थिए । ‘सिधा कुरा’ डटकममा ’डार्क फाइल’ भनेर प्रसारण प्रकाशन गरिएको सामग्रीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा उनीहरुलाई जेल सजायको फैसला भएको थियो ।

सर्वोच्च अदालतको ९ सदस्यीय बृहत् पूर्ण इजलासले ’फेक अडियो’ बनाउने राजकुमार तिमल्सिनालाई ६ महिना र प्रकाशन÷प्रसारण गर्ने सिधा कुरा अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई ३–३ महिना कैद सजाय सुनाएको थियो । लिखित निवेदन दिएर प्रसारित सामग्रीको विषयमा क्षमायाचना गरेमा सिधा कुराका प्रकाशक र सम्पादकलाई तोकिएको सजाय घटाएर ७ दिन कायम हुने फैसलामा उल्लेख भएअनुसार ढुंगाना र कँडेल ७ दिनमा नै थुनामुक्त भए ।

के हो अदालतको अवहेलना मुद्दा ?
यो मुद्दाका बारेमा कानूनी र संवैधानिक व्यवस्थाका सबै पक्षमा जानकारी दिनेछौं । त्यो भन्दा पहिला केही चर्चित मुद्दा थाहा पाउँ । यो मुद्दा हालका नेपाल बार एशोसियशनका अध्यक्ष गोपालकृष्ण घिमिरेलाईपनि लाग्यो । न्यायाधीश नियुक्तिमा भ्रष्ट्राचार भएको भन्दै उनले न्यायालयमा घुस चल्ने भन्दै बोलेका थिए । त्यही बोलीमा अदालतको अवहेलना मुद्दा अघि बढाइयो । वकिलहरुका सर्वोच्च व्यक्तिमाथी मुद्दा चलाउँदा अदालतलाई अप्ठ्यारो पर्न सक्ने भन्दै उनको मुद्दा भने फिर्ता प्रयास भइरहेको बुझिएको छ । अदालतको अवहेलना तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका केही पूर्व प्रधानमन्त्रीलाईपनि लागेको छ । चर्चित चिकित्सक डाक्टर गोबिन्द केसीलाईपनि लागेको थियो । उनलाईपनि माफी मागे एकदिनपनि हिरासत नपठाउँन आदेश थियो । माफी मागेर हिरासत गएका थिएनन् । तर पत्रकार द्धय हिरासत नै पुग्नुपर्यो ।

के हो अदालतको अवहेलना
भिडियोमा हेर्नुहोस्

 

प्रकाशित मिति : २०८१ असोज २० गते आइतवार
प्रतिक्रिया दिनुहोस