२०८१ असोज १९ गते शनिवार | 2024 October 5th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वरिष्ठ गीतकार विश्व वल्लभलाई मस्तिष्कघात

काठमाडौं । चर्चित गीतकार विश्व वल्लभ घरमै मस्तिष्कघात भएपछि अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत छन् । अचानक बिरामी परेपछि ८० वर्षीय वल्लभलाई अस्पताल भर्ना गरिएको छ ।

गीतकार राजेन्द्र थापाका अनुसार मस्तिष्कघातका कारण उनको शरीरको देब्रे पाटो चल्दैन । थापाथलीस्थित घरमै अचानक उनलाई मस्तिष्कघात भएको थियो । घरमा एकल जीवन बिताइरहेका वल्लभलाई बिरामी भएको ७ घण्टापछि अस्पताल लगिएको थियो ।

केही दिन पहिला अस्पतालबाट घर लगिए पनि निमोनिया भएपछि पुनः अस्पताल भर्ना गरिएको छ । गीतकार संघका अध्यक्ष वसन्त बित्यासी थापाका अनुसार अहिले वल्लभको आईसीयुमा उपचार भइरहेको छ । वसन्तले भने, घउहाँको अवस्था एकदमै गम्भीर छ ।’

लामो समय रेडियो नेपालमा जागिरे रहेका वल्लभका दुई छोरी छन् । दुवैले विवाह गरिसकेका छन् । उनकी श्रीमतीको दुई वर्षअघि क्यान्सरको कारण मृत्यु भएको थियो । अहिले उनको उपचारका लागि गीतकार संघले सहयोग रकम उठाइरहेको छ । उनी वरिष्ठ कवि तथा गीतकार ईश्वर वल्लभका सहोदर भाइ हुन् ।

तारादेवीले गाएको ‘शुभकामना’, अरूणा लामाले गाएको ‘भाग्यले खुसी खोसेर लग्यो’, अमर तण्डुकारले गाएको ‘धेरै दिन भो तिम्रो झझल्को’ जस्ता चर्चित गीतहरू वल्लभले नै लेखेका हुन् ।

 

प्रकाशित मिति : २०८१ असोज १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस