२०८१ असोज १९ गते शनिवार | 2024 October 5th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

युक्रेन र इजरायलमा हतियार पठाएको विरोधमा जर्मनीमा सडक प्रदर्शन

काठमाडौं । युक्रेन र इजरायललाई हतियार दिएको विरोधमा जर्मनीको सडक तातेको छ । प्रदर्शनकारीहरुले त्यसको विरोध गरेर आन्दोलन गरेका छन् । आन्दोलनको खबरलाई अमेरिकी तथा युरोपेली मिडियामा खासै स्थान दिइएको छैन, तर यो प्रदर्शनलाई रुसी विश्व च्यानल आरटीले ठूलो स्थान दिएको छ ।

आरटीका अनुसार बर्लिनको सडकमा हजारौंको प्रदर्शनी भएको छ । आणविक युद्धको जोखिम भएको भन्दै उनीहरुले त्यस्तो प्रदर्शन गरेका हुन् । पूर्व र पश्चिम जर्मनीको एकता दिवसको अवसर पारेर आन्दोलन भएको आरटीले उल्लेख गरेको छ । धेरै प्रदर्शनकारीहरुले रुस र प्यालेस्टानको झण्डा बोकेका थिए । आयोजकहरुले प्रदर्शनमा ४० हजारको सहभागिता भएको दाबी गरेका छन् ।

 

प्रकाशित मिति : २०८१ असोज १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस