२०८१ असोज १६ गते बुधवार | 2024 October 2nd Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीप लामिछाने र कुशलको ह्याट्रिक विकेटमा ओमानमाथी नेपालको विशाल जित

काठमाडौं । ओमानविरुद्ध सन्दीप लामिछाने र कुशल भुर्तेलको ह्याट्रिक विकेटमा नेपालले ५६ रनको विशाल जित दर्ता गराएको छ । १७.५ ओभरमा नै अलआउट गराउँदै नेपालले जित हासिल गरेको हो ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रन जोडेको थियो । १५८ रनको लक्ष्य पूरा गर्न आएको ओमानले १७.५ ओभरमा सबै विकेट गुमाउँदै १०१ रन मात्र जोड्न सक्यो ।

टस जितेको ओमानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे। उनले नटआउट ५६ रन जोडे। रोहितले ४४ बलमा २ चौका र ४ छक्का प्रहार गरे। सोमपाल कामी ३ रनमा नटआउट रहे।

त्यसअघि सुरुवाती पाँच बल खेलेका ओपनर अनिलकुमार साह एक चौका र एक छक्का प्रहार गर्दै ११ रनमा आउट भए। अर्का ओपनर आसिफ शेखले १४ बलमा १६ रन र देव खनालले १८ बलमा १८ रनको योगदान गरे। कुशल मल्ल २६ बलमा १९ रन जोड्दा कुनै बाउन्ड्री प्रहार नगरी आउट भए। गुल्सन झा २ रन र दीपेन्द्रसिंह ऐरी १ रनमै आउट भएका थिए। कुशल भुर्तेलले ४ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ११ रन जोड्न सके। बलिङमा ओमानका फयज बटले ३ विकेट लिए। उनले चार ओभरमा २३ रन रन खर्चिए।

कुशल भुर्तेल र सन्दीप लामिछानेले तीन-तीन विकेट लिए । रोहित पौडेल र रिजन ढकालले दुई-दुई विकेट लिए । सन्दीपको बलमा दिपेन्द्रसिंह ऐरिले रन आउट गराएका थिए ।

प्रकाशित मिति : २०८१ असोज १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस