२०८१ असोज १६ गते बुधवार | 2024 October 2nd Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ओमानविरूद्ध कप्तान रोहितको अर्धशतकमा नेपालले दिए १५८ रनको लक्ष्य

काठमाडौं, असोज १७ । क्यानडा टी-२० सिरिजअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले ओमानविरूद्ध ७ विकेटको क्षतिमा १५७ रन जोडेको छ। टस जितेको ओमानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे। उनले नटआउट ५६ रन जोडे। रोहितले ४४ बलमा २ चौका र ४ छक्का प्रहार गरे। सोमपाल कामी ३ रनमा नटआउट रहे।

त्यसअघि सुरुवाती पाँच बल खेलेका ओपनर अनिलकुमार साह एक चौका र एक छक्का प्रहार गर्दै ११ रनमा आउट भए। अर्का ओपनर आसिफ शेखले १४ बलमा १६ रन र देव खनालले १८ बलमा १८ रनको योगदान गरे। कुशल मल्ल २६ बलमा १९ रन जोड्दा कुनै बाउन्ड्री प्रहार नगरी आउट भए।

गुल्सन झा २ रन र दीपेन्द्रसिंह ऐरी १ रनमै आउट भएका थिए। कुशल भुर्तेलले ४ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ११ रन जोड्न सके। बलिङमा ओमानका फयज बटले ३ विकेट लिए। उनले चार ओभरमा २३ रन रन खर्चिए। सिरिजमा नेपालले घरेलु टोली क्यानडाविरूद्धका दुवै खेल गुमाउँदा ओमानलाई पराजित गरेको थियो।

प्रकाशित मिति : २०८१ असोज १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस