२०८१ असोज १६ गते बुधवार | 2024 October 2nd Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अमेरिकाको डीभी फारम खुल्यो, यस्तो छ दूतावासको गाइडलाइन

१६ असोज, काठमाडौं । अमेरिकाले नेपालीहरुलाई स्थायी बसोबासका लागि लैजाने एक विधि डाइभर्सिटी भिसाको २०२६ कार्यक्रम बुधबार रातिबाट खुलेको छ ।

अमेरिकी दूतावासका अनुसार बुधबार राति ९ः४५ बजेदेखि डीभी कार्यक्रममा नेपालीले फारम भर्न सकिने भएको हो । डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ ।

एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एक भन्दा बढी आवेदन दिए अयोग्य ठहरिने दूतावासले सम्झाएको छ । डीभीको फारम बुधबार रातिदेखि ५ नोभेम्बरसम्म भर्न सकिनेछ ।

प्रकाशित मिति : २०८१ असोज १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस