२०८१ असोज १६ गते बुधवार | 2024 October 2nd Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

डीभी परेका नेपालीसहित २० हजार जनाले अमेरिका जान नपाउने अदालती फैसला

joe biden

काठमाडौं । अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) परेका २० हजार नेपालीहरुसहितका विश्वभरका मानिसहरु अमेरिका जान नपाउने भएका छन् । यस्तै उनीहरुले भिसा नपाएको बारेमा अदालतमा जाने बाटो पनि बन्द भएको छ ।

हालसालै अमेरिकाको कोलम्बियाको पुनरावेदन अदालतले गरेको फैसला अनुसार यस्तो हुने भएको हो । यो नियम खासगरी सन् २०२० र २०२१ मा डीभी परेर दूतावासमा आवेदन दिन नपाएकाको हकमा लागू हुने भएको छ । तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको कारणले सन २०२० र सन २०२१ मा डिभी परेकाहरुले दूतावासमा आदेवन दिन समस्या भएको थियो ।

त्यसको विपक्षमा भएको मुद्दामा फैसला गरेर त्यो अधिकार नपाउने पुष्टि भएको छ । नेपयोर्कका अनुसार यो फैसलासँगै तीन वर्षबाट चलेको कानूनी लडाइँको अन्त्य पनि भएको छ ।

प्रकाशित मिति : २०८१ असोज १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस