२०८१ असोज १६ गते बुधवार | 2024 October 2nd Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पूर्वमन्त्री चौधरीद्वारा सुनसरीको छाला उद्योगको अनुगमन निरीक्षण

सुनसरी, १६ असोज । पूर्वमन्त्री तथा सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभाको सदस्य भगबती चौधरीले सुनसरी जिल्ला दुहबी – ६ मा सञ्चालनमा रहेका २ वटा छाला उद्योगको अनुगमन निरीक्षण गर्नुभएको छ ।

त्यहाँस्थित एसियन लेदर र युनाइटेड टनेरिजले प्रचलित मापदण्ड पालना नगरेको, बस्तीमा दुर्गन्ध फैलाएको भन्ने स्थानीयको बारम्बारको गुनासो र उजुरीपश्चात् सुनसरी निर्वाचन क्षेत्र नं ३ की संघीय सांसद चौधरीको नेतृत्व तथा दुहबी प्रहरीको रोहबरमा, स्थानीय सञ्चारकर्मी, स्थानीय बासीहरू सहितको टोलीद्वारा निरीक्षण तथा अनुगमन गरिएको हो ।

स्थानीयको गुनासो आएपछि अनुगमन आधिकारिक पत्र लिएर निरीक्षण गर्न जाँदा समेत उद्योगको गेटमै रोक्न उद्योग प्रशासनले हर सम्भव प्रयास गरेको र दुहबीबाट खटिएको प्रहरीले हस्तक्षेप गरेको पूर्वमन्त्री चौधरीको सचिवालयले जानकारी दिएको छ ।
अनुगमनको क्रममा युनाइटेड टनेरिजले उद्योग सम्बन्धी कागजात देखाएको भएपनि एशियन लेदरले कागजात घरमा रहेको भन्दै मगाउन समय लागेको भनेर उपलब्ध नगराइको पूर्वमन्त्री चौधरीले बताउनुभयो ।
अनुगमनका क्रममा युनाइटेड टनेरिजलाई जिल्ला प्रशासन कार्यालयले तत्काललाई उद्योग बन्द गर्न निर्देशन दिँदै गत असोज ६ गते पत्र पठाएको भएपनि उद्योग भित्रभित्रै चलिरहेको पाइएको उहाँले बताउनुभयो ।
अनुगमनका क्रममा उद्योगबाट निस्किएको फोहोर पानी बुढी खोलामा मिसाएको भेटिएको थियो ।

उद्योग सञ्चालन सम्बन्धी मापदण्डमा बस्तीबाट ५ किमी टाढा हुनुपर्ने व्यवस्था भएपनि उक्त छाला उद्योग बस्तीको बिचैमा रहेको पाइएको अनुगमनपछि पूर्वमन्त्री चौधरीले भन्नुभयो । उहाँले भन्नुभयो, ‘स्थानीयको माग बस्तीमा दुर्गन्ध फैलिनुभएन, फोहोर खोलामा हाल्न पाइँदैन । दुर्गन्ध कन्ट्रोल हुँदैन भने उद्योग स्थानान्तरण गर्न आवश्यक छ ।’

प्रकाशित मिति : २०८१ असोज १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस