२०८१ असोज १५ गते मङ्गलवार | 2024 October 1st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय, उद्धार राहत र स्वयंसेवामा लाग्न प्रधानमन्त्रीको आव्हान

UML's decision to give Rs 50 lakh to the government's relief fund

काठमाडौँ १५ असोज । नेकपा (एमाले) को सचिवालय आजको बैठकले रु ५० लाख रकम नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रुपमा रु एक अर्ब उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । एमालेको सचिवालय बैठकलगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न आव्हान गरेका छन् । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औ महासभामा आफूले गरेको सम्बोधन र त्यसक्रममा भएका दुईपक्षीय भेटवार्ता र कार्यक्रमबारे पनि बैठकलाई अवगत गराएका थिए ।

प्रकाशित मिति : २०८१ असोज १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस