२०८१ असोज १५ गते मङ्गलवार | 2024 October 1st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बर्षा र बाढी रोकिएपछि सडक भासियो, पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध

The east-west highway is completely blocked

रुपन्देही । सोमबार रातीदेखि पश्चिम नवलपरासीको दाउन्नेमा बाटो भासिएपछि पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बर्दघाट नगरपालिका ४ खुर्सानीखोलास्थित दाउन्ने जङ्गलमा पूर्वपश्चिम राजमार्ग भासिएसँगै यो बाटो अवरुद्ध हुँदा पूर्वपश्चिम जाने यात्रुहरु बाटोमा अलपत्र रहेका छन् ।

सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् भने सडकमा रोकिएका सवारीसाधनहरु निकै लामो लाइन रहेको छ । हिजो बेलुका देखि सडक अवरुद्ध हुँदा यात्रुहरूलाई निकै कठिनाइ भएको छ । अवरुद्ध सडक खुलाउन चाइनिज कन्स्ट्रक्सनमार्फत गएराती ११ बजेदेखि माटो भर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

सडक भासिएर पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन प्रवेशमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिएका छन् । उनका अनुसार सडक अनुमानित डेढ फिट भासिएको छ ।

बुटवल–नारायणगढ निर्माण हुँदै गरेको सडकको ‘रिटर्निङवाल’ चर्केर विद्युत्‌को ‘हाइटेन्स पोल’ पनि सडकमा ढलेको प्रहरी नायब उपरीक्षक बोहराले बताए । बाटो खुलाउनका लागि सडक डिभिजन, विद्युत् कार्यालय नवलपरासीको संयुक्त प्रयास भइरहेको उनले जानकारी दिए।

प्रकाशित मिति : २०८१ असोज १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस