२०८१ असोज १५ गते मङ्गलवार | 2024 October 1st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

त्रिकोणात्मक टी-२० मा नेपालले क्यानडालाई दियो १४० रनको लक्ष्य

Lalit Rajbangshi And Sandeep Lamichhane

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आज नेपालले क्यानडालाई जितका लागि १४० रनको लक्ष्य दिएको छ । नेपाल पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित हुँदा दोस्रो खेलमा ओमनलाई ३७ रनले पराजित गरेको हो । एक हारसहित एक जित निकालेको नेपाल आज जित्नै पर्ने दबाबमा छ । पहिले ब्याटि गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन जोड्यो ।

पहिलो खेलमा १२४ रनको लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा १०९ रनमा अल आउट भएको थियो । दोस्रो खेलमा गुल्सन झाले १७ बलमा ४० रनको इनिङ खेलेसँगै जित सहज बनेको थियो । नेपालका स्पिनर सन्दीप लामिछाने प्रमुख बलरका रुपमा मैदानमा उत्रिएका छन् । उनलाई दीपेन्द्र र कुशलले साथ दिने छन् ।

त्रिकोणात्मक सिरिजअघि भएको लिग २ मा भने नेपाल क्यानडासँग दुवै खेलमा पराजित भएको थियो । त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले बुधबार ओमानसँग खेल्ने छ ।

प्रकाशित मिति : २०८१ असोज १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस