२०८१ असोज १४ गते सोमवार | 2024 September 30th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माओवादीको अखिल क्रान्तिकारीको सम्मेलनमा तोडफोड

१४ असोज, काठमाडौं । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा उमेर हद कायम गर्न नहुने माग गर्दै एक समूहले तोडफोड गरेको छ । अध्यक्षका आकांक्षी तुकमान महरा नेतृत्वमा सम्मेलन हल तोडफोड गरिएको महाधिवेशनमा सहभागी एक प्रतिनिधिले जानकारी दिए ।

तोडफोडमा उत्रने महरा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्वस्वकीय सचिव जोखबहादुर महराका छोरा हुन् । जोखबहादुर लुम्बिनीका पूर्वमुख्यमन्त्री पनि हुन् ।

१० असोजदेखि जारी २३ राष्ट्रिय सम्मेलनमा उमेर हदका पक्ष/विपक्षमा प्रतिनिधि देखिएका थिए । उमेर हद राख्नुपर्ने धारणाहरू प्रतिनिधिहरुबाट आएपछि मतदानबाट टुंगो लगाउने तयारी गरिएको थियो । त्यसको विरुद्धमा महरा पक्षका प्रतिनिधिहरु देखिएका हुन् । ‘अध्यक्षमा दाबी गरेका तुकमानले एउटा समूह ल्याएर सम्मेलन हल तोडफोड गरे,’ प्रतिनिधिले भने, ‘प्रहरी आएपछि भने सम्मेलन केन्द्र शान्त भएको छ ।’

प्रकाशित मिति : २०८१ असोज १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस