२०८१ असोज १२ गते शनिवार | 2024 September 28th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नारायणगढ-मुग्लिन सडक खण्डमा ठूला सवारी सञ्चालनमा रोक

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत ९ किलोमा सडक भासिएपछि ठूला सवारी सञ्चालनमा रोक लगाइएको छ । बिहान ५ बजेदेखि सवारी सञ्चालन गर्न दिने भनिएपनी सडक दबेका कारण रोक लगाइएको हो । सडक दबेको कारण ठूला सवारीसाधन आवागमन पूर्णरूपमा अवरोध भएको सडक डिभिजन कार्यलयले जनाएको छ ।

अहिले दुई पाङ्ग्रे र हलुका सवारी मात्र सञ्चालन भइरहेका छन् । दबेको ठाउँमा ग्रावेल फिलिङ गरी मर्मतको कार्य डिभिजन कार्यलयबाट भइरहेको छ । यस सडक खण्डमा आवश्यक सावधानीका साथ सजकता अपनाई, लेन अनुशासनको पालना गरी सडक प्रयोग गरिदिनुहुन चितवन प्रहरीले अनुरोध गरेको छ ।

सरकारले रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएपछि पुर्व र पश्चिमबाट राजधानी जाने सवारी साधनहरुलाइ हिजो साझ ७ बजेदेखि नै नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर २९ को जुगेडी र आपटरीमा सवारी साधन रोकिएको थियो । यस्तै पोखरा र काठमाडौंबाट आउने सवारी साधनलाई मुग्लिनमा रोकिएको थियो ।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस