२०८१ असोज १२ गते शनिवार | 2024 September 28th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काभ्रेको बल्थलीस्थित थुम्कीमा पहिरोले गाउँ नै बगायो, ४ जना बेपत्ता

काभ्रे । काभ्रेको बल्थलीस्थित थुम्कीमा पहिरोले गाउँ नै बगाएको छ । पनौती नगरपालिका वडा नम्बर ११ बल्थली स्थित थुम्कीमा रहेको गाउँ पहिरोले बगाएको छ । मध्यराति गाउँ माथिबाट पहिरो आएसँगै स्थानीयको भागाभाग भएको थियो ।

पहिरोमा परेर ४ जना बेपत्ता छन् । थुम्कीका अर्जुन भण्डारीको घर पहिरोले बगाएको छ । भण्डारीको घरमा पाहुना आएका ४ जना बेपत्ता रहेको बताइएको छ । स्थानीयलाई थुम्की रिसोर्टमा राखिएको छ ।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस