२०८१ असोज १२ गते शनिवार | 2024 September 28th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बल्खुको खोलामा एकजनाको शव भेटियो, नख्खु खोलामा फसेका ३० जनाको उद्धार

१२ असोज, काठमाडौं । काठमाडौंको बल्खु खोला किनारमा एउटा शव फेला परेको छ । शवको सनाखत भएको छैन । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी पुगेर शवको पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ ।

शुक्रबार बेलुकी काठमाडौंको ढुंगेधाराबाट एक युवक मोटरसाइकलसहित ढलमा खसेका थिए । मोटरसाइकल फेला परे पनि मान्छे फेला नपरेपछि खोजीकार्य जारी छ ।

यसैबीच आज बिहानपख ललितपुर महानगरपालिका १३ कुसुन्ती दिव्यनगरमा नख्खु खोलाको बहाब बढेपछि मोटर ग्यारेजमा फसेका करिब ३० जना मजदुरको सशस्त्र प्रहरीले उद्धार गरेको छ । उनीहरुलाई उद्धार गर्न सशस्त्र प्रहरीको २१ नम्बर गणबाट ३० जनाको टोली र २० नम्बर गणबाट ११ जनाको टोली डुंगासहित परिचालित भएको थियो । उनीहरुलाई आज बिहान करिब ५ बजेदेखि उद्धार सुरु गरिएको थियो ।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस