२०८१ असोज १२ गते शनिवार | 2024 September 28th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नागढुंगा तल पहिरोमा ज्यान गुमाएका १४ जना बुटवलबाट छुटेको बसका यात्रु

बुटवल । धादिङको नौबिसे सडकको पहिरोमा पुरिएर मृत्यु भएका १४ जना बुटवलबाट काठमाडौंका लागि छुटेको बसका यात्रु भएको खुलेको छ । बुटवलबाट शुक्रबार बिहान छुटेको लु १ ज ४५७८ नम्बरको विंगर बस शुक्रबार राति नै पुरिएको भए पनि शनिबार साँझमात्रै गाडी र यात्रुको शव फेला परेको पश्चिम नेपाल बस व्यवसायी समितिले जनाएको छ । समितिको बुटवलस्थित टिकट काउन्टरका कर्मचारी लक्ष्मण कार्कीका अनुसार गाडीले बुटवलबाट १३ जना यात्रु लिएर शुक्रबार बिहान हिँडेको थियो ।

लु १ ज ४५७८ नम्बरको उक्त गाडी शुक्रबार बिहान बुटवलबाट छुटेको थियो । गाडी शुक्रबारै राति पहिरोमा पुरिएको थियो । बुटवलबाट १३ यात्रु लिएर हिँडेको उक्त गाडीका यात्रु र चालक गरी १४ जनाको शव फेला परेको नागढुंगा प्रहरीले जनाएको छ ।

बुटवल ट्राफिकचोकस्थित टिकट काउन्टरबाट बुटवल कालिकानगरका ३ जना, देवीनगरका ३ जना र सुख्खानगरका ३ जनाले टिकट काटेको कर्मचारी कार्कीले बताए । गाडी चालक रमेश लुइँटेलले चलाएका थिए । ‘यहाँबाट ९ जनाले टिकट काटेका थिए,’ उनले भने, ‘चालकसहित गाडीमा १४ जना थिए । प्रहरीले सबैको शव निकालेको जानकारी प्राप्त भएको छ ।’ गाडी बुटवलबाट काठमाडौंका लागि छुटेको भए पनि सबै शवको सनाखत हुन नसकेको उनले बताए ।

गाडीबाट ८ पुरूष, ५ महिला र १ बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ । हालसम्म चालक रमेश लुइँटेल, बुटवल(१६ सेमलारकी सिर्जना कुँवर र प्रकाश कुँवरको पहिचान खुलेको कार्कीले बताएका छन् ।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस