२०८१ असोज ११ गते शुक्रवार | 2024 September 27th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज यी नदीमा बाढीको अति उच्च जोखिम, सचेतनाका लागि आकस्मिक सूचना जारी

११ असोज, काठमाडौं । देशका केही नदीहरूमा आइतबारसम्म बाढीको जोखिम बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आकस्मिक सूचना जारी गर्दै आइतबारसम्म जोखिम बढ्ने भएकोले सतर्क रहन अपिल गरेको हो ।

मुख्य गरी शुक्रबार र शनिबार केही नदीहरूमा बाढीको जोखिम उच्चदेखि अति उच्चसम्म हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार नारायणी, कन्काई, कमला नदी र वाग्मती नदीमा बाढीको उच्च जोखिम छ । शनिबार नारायणी, वाग्मती, पश्चिम राप्ती र बबइ नदीमा अति उच्च जोखिम रहेको छ । आइतबार भने यी नदीहरूमा पानीको वहाब कम हुँदै जाने महाशाखाले जनाएको छ ।

देशका धेरै ठाउँमा आज लगातार झरी परिरहेको छ । शनिबारदेखि भने पूर्वी भागतिर कम पानी पर्ने र पश्चिमतिर पानी पर्ने क्रम बढ्दै जाने मौसम पूर्वानुमान छ ।

प्रकाशित मिति : २०८१ असोज ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस