२०८१ असोज ११ गते शुक्रवार | 2024 September 27th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वरिष्ठ अधिवक्ता उपाधिका वास्तविक हकदार देवराजले पाउँदा न्याय क्षेत्र खुशी

काठमाडौं । लगातारको मेहनत र कार्यकुशलता नै पद र पदवीको हकदारी हो भन्ने कहावत त्यतिबेला चरितार्थ हुन्छ जतिबेला ठ्याक्कै मिल्छ । १५९ जना अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने सर्वोच्च अदालतको निर्णयमा देवराज कटुवालको हकमा यही भयो भन्दा फरक पर्दैन । बिहीबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले देवराजसहित १५९ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको थियो ।

लामो समयदेखि कानून व्यवसायमार्फत समाजलाई योगदान गरेको, विधिको शासन प्रवर्द्धनमा सहयोग पुर्‍याएका अधिवक्ताहरुलाई कदर र सम्मान स्वरुप ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिने विश्वव्यापी चलन छ ।
वरिष्ठ अधिवक्ताले अदालतमा बहस पैरवी गर्न जाँदा साथमा एक जना अधिवक्ता लिएर जानुपर्ने नियम छ । नेपालमा पहिलो पटक १२ कात्तिक २०१३ मा सर्वोच्च अदालतले पहिला पटक वरिष्ठ अधिवक्ताको उपाधि दिएको थियो । वरिष्ठ अधिवक्ताको छनौट र सिफारिसका लागि प्रधानन्यायाधीश वा उनले तोकेको न्यायाधीशको अध्यक्षतामा अरु ३ जना न्यायाधीश भएको सिफारिस समिति गठन हुन्छ ।

समितिको सिफारिसका आधारमा सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठकले उपाधिबारे निर्णय गर्नेछ । विवाद भएमा गोप्य मतदानको प्रावधान समेत राखिएको छ । सर्वोच्चले क्षमता प्रतिष्ठान, समाजलाई दिएको योगदान, नैतिक आचरण र निष्ठालाई समेत आधार बनाउनेछ ।

१५९ जना वरिष्ठ अधिवक्ताको उपाधि पाउनेको सुचीमा रहेका देवराजको योदानको साच्चै कदर भएको हो । खोटाङ्गको लफ्याङ्गमा जन्मिएर लामो समय कानून व्यवसाय संचालन गर्दै आएका उनी नेपालकै प्रतिष्ठित कानून व्यवसायीको रुपमा चिनिन्छन् । धेरै चर्चित मुद्दाहरुमा न्याय दिलाउनुका साथै नजीर समेत स्थापित गरेर देशको कानूनी फाँटलाई थप फराकिलो बनाएका छन् ।

प्रकाशित मिति : २०८१ असोज ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस