२०८१ असोज ११ गते शुक्रवार | 2024 September 27th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राख्न अदालतको अनुमति

१० असोज, पोखरा । सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । ६ असोजमा काठमाडौं शंखमुलमा पक्राउ परेका जोशीलाई सोही दिन पोखरा ल्याइएको थियो । ७ गते अदालतमा उपस्थित गराइएका उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मिलेको थियो ।

प्रहरीले अझै १० दिन म्याद थपका लागि जिल्ला अदालत कास्कीमा माग गरेको थियो । अदालतले ७ दिन म्याद थप गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

प्रहरी हिरासतमा राखेर जोशीसँग लिइएको बयानमा गितेन्द्रबाबु (जीबी) राइको नेतृत्वमा पोखरामा खुलेको सूर्दर्शन सहकारीमा आफ्नो खाता, हस्ताक्षर नभएको र आफूले त्यो सहकारी देख्दा पनि नदेखेको बयान दिएका छन् । तर, जोशीले गोर्खा मिडियामा आफू गलत मान्छेको फन्दामा परेको वयान दिएका छन् ।

विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै संसदीय छानबिन समितिले समेत कारबाही गर्न सिफारिस गरेको थियो । प्रतिवेदन कार्यान्वयनका क्रममा जोशीलाई पक्राउ गरेको हो । गोर्खा मिडियाका सञ्चालक तथा सूर्यदर्शन सहकारीका कोषाध्यक्ष पुर्पक्षका लागि कास्की कारागारमा छन् ।

प्रकाशित मिति : २०८१ असोज ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस