२०८१ असोज ११ गते शुक्रवार | 2024 September 27th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उपत्यकाका खोलामा बहाब बढेपछि बस्तिमा छिर्न थाल्यो

कााठमाडौं । उपत्यकाका खोलामा बहाब बढेपछि बस्तिमा छिर्न थालेको छ । इमाडोल खोलामा पानीको बहाब बढेपछि सडकमै पानी निस्किएको हो ।

शुक्रबार दिनभरि परेको पानीले इमाडोल खोलाको सतह बढेर सडकमै पानी निस्किएको देखिएकोे छ । सडकमा पानी निस्किएपछि सर्वसाधारणलाई आवतजावत गर्न कठिन भएको छ।

बागमती नदी किनाराका बल्खुलगायत क्षेत्रका घरमा बाढी पसेको छ। त्यहाँको तरकारी बजार पनि डुबानमा परेको छ। त्यस्तै साँझ सवा छ बजेतिर वनस्थलीमा खोलाले मोटरसाइकल बगाउँदा एक जना चालक बेपत्ता भएका छन्। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ असोज ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस