२०८१ असोज १० गते बिहिवार | 2024 September 26th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रकाशलाई पूर्व मुख्यमन्त्रीले जग्गा, जोत्ने ट्याक्टर र एक हल गोरु हस्तान्तरण गर्दै

काठमाडौं । प्रकाश तामाङ अर्थात् ‘हेर्ने कथा’ का ‘हराएका वर्षहरू’ का पात्रलाई पूर्व मुख्यमन्त्रीले जग्गा, जोत्ने ट्याक्टर र एक हल गोरु हस्तान्तरण गर्दै छन् ।

प्रकाशलाई कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा भोजपुरबाट निर्वाचित पूवं सांसद नेकपा (एमाले) कोशी प्रदेशका इन्चार्ज शेरधन राईले भोलि (११ असोज २०८१ मा) जग्गा, खेतबारी जोत्ने ट्याक्टर र एक हल गोरु हस्तान्तरण गर्दै छन् । यस अघि प्रकाशले भेटमा पूर्व मन्त्री तथा पूर्वमुख्यमन्त्री शेरधन राईसँग यी तीन माग गरेका थिए । सोही माग अनुसार राईले हस्तान्तरण गर्न लागेका हुन् ।

यसअघि उनले प्रकाशलाई एक लाख नगद पनि दिएका थिए । समाजसेवी तथा अभियान्ता पूर्व मुख्यमन्त्री राई पत्नी जाङ्मु इन शेर्पाले प्रकाशका बालबच्चालाई निःशुल्क पढाउने घोषणा गरेकी छन् । जग्गा प्रकाशकै माग अनुसार अहिले बन्दै गरेको घर नजिकै व्यवस्थापन गरिएको छ ।

षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदासका अनुसार भोली ११ बजे उनकै गाउँमा जग्गाको लालपूर्जा, एक हल गोरु र ट्याक्टर हस्तान्तरण हुनेछ ।

 

प्रकाशित मिति : २०८१ असोज १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस