२०८१ असोज १० गते बिहिवार | 2024 September 26th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुनको मूल्यले फेरी राख्यो नयाँ रेकर्ड, कति पुग्यो ?

Gold Price Today Nepal

काठमाडौं । पछिल्लो समय सुनको भाउ निरन्तर बढिरहेको छ । आज बिहिबार पनि सुनको मूल्य वृद्धि भएको छ ।

हिजो बुधबार तोलाको एक लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सयले वृद्धि भएको हो । यससँगै आज एक लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै महँगो मूल्य हो ।

चाँदीको भाउ भने आज स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : २०८१ असोज १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस