२०८१ असोज १० गते बिहिवार | 2024 September 26th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बस्नेतले आमालाई अर्पिएको गीत: बोल मन खोल… (भिडियाे सहित)

दाङमा रहेर दुई दशकदेखि पत्रकारिता गर्दै आएका पत्रकार देवेन्द्र बस्नेत पाँच वर्षपछि ‘रेकर्डिङ स्टुडियो’ छिरे।

नेपाल पत्रकार महासंघको अध्यक्षबाट राजीनामा दिएर अलि ‘फुर्सदिला’ भएका विपुल पोख्रेलले ‘हठात्’ रचेको – बोल मन खोल…को रेकर्डिङ सकेर गीत सार्वजनिक हुँदा नहुँदै गायक बस्नेतको आमा बितिन्।

करिब दुई वर्षदेखि क्यान्सरले थलिएकी आमाको स्याहार गर्दागर्दै स्टुडियो छिरेका बस्नेतले यो गीत उनै आमा नौली कुमारी बस्नेतको नाममा समपर्ण गरेका छन्।

उनका बुवा कृष्ण बस्नेत पनि गायक नै थिए। कुनै जमानामा बुवाले गाएको गीत निकै चर्तित थियो। बुवाको निधनपछि करिब ८ वर्षअघि उनले त्यही गीत ‘चिल बस्यो टुप्पैमा…’ आफ्नै स्वरमा पुन: रेकर्ड गराएका थिए। कुनै बेला पश्चिम नेपालमा निकै चर्चित रहेको यो झ्याउरे गीत अहिले पनि उस्तै चलिरहेको छ।

‘गायकी’कलाका धनी बस्नेत आफूलाई कर्मले भने पत्रकारितातिर डोर्‍याएको बताउँछन्। गीत, संगीतलाई जीवनका संयोग र नियतिसँग गाँसिएको ठान्ने उनी अहिले पनि बेला बेला विभिन्न सांस्कृतिक महोत्सवहरूमा गाउन पुग्छन्।

अहिलेसम्म करिब आधा दर्जन गीतहरूमा स्वर दिइसकेका बस्नेत भन्छन् ‘बुवा बितेपछि उहाँको गीत गाएँ। त्यसमा बुवाको पुनर्जीवन पाएँ। अहिले यो गीत रेकर्ड सक्दा नसक्दै आमा बित्नुभयो। गीतहरू मेरा नियतिसँग गाँसिएका छन् सायद।’

दाङबाट नागरिक दैनिक तथा खोजपत्रकारिता केन्द्रका लागि रिपोर्टिङ गर्दै आएका बस्नेत हाल नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य पनि हुन्।

पोख्रेल रचेतका गीतका यो शब्दहरूमा बरिष्ठ संगीतकार सन्तोष श्रेष्ठले संगीत भरेका छन्। बस्नेतको यो स्वरलाई सुदन थापाले दृश्यमा मिसाएका छन्। २०६० सालदेखि गीतका शब्दहरू कोर्न थालेका पोख्रेलले पत्रकारितासँगसँगै लगभग दर्जनजति गीतहरू लेखिसकेका छन्। उनको गीतमा ‘स्वर’ भर्दै सांगितिक क्षेत्रमा ‘डेब्यू’ गरेकाहरू अहिले व्यावसायिक सांगितिक कर्ममा स्थापित भइसकेका छन्।

प्रकाशित मिति : २०८१ असोज १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस