२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ओडीआईमा नेपालको वरीयता खस्कियो

९ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ ओडीआई वरीयतामा नेपाल एक स्थान तल झरेको छ । यसअघि १६ औं स्थानमा रहेको नेपाल नयाँ वरियतामा १७ औं स्थानमा छ । आईसीसी विश्वकप लिग २ मा यसै साता क्यानडामा तीन खेल हारेपछि नेपालको वरीयता खस्किएको हो ।

नामिबिया तीन स्थान तल झरेर १८ औं स्थानमा पुगेकोछ । ओमान पनि एक स्थान तल झर्दै १९ औं स्थानमा छ । युएई ओडीआई टोलीको वरीयतामा सबैभन्दा पुछार २० औं स्थानमा छ । अमेरिका एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको छ । क्यानडाले चार स्थान सुधार गर्दै १५ औं स्थानमा उक्लिएको छ ।

स्कटल्यान्ड ११ औं, आयरल्यान्ड १२ औं, जिम्बावे १३ औं र नेदरल्यान्ड्स १४ औं स्थानमा यथावत छन् । भारत शीर्ष, अष्ट्रेलिया दोस्रो, दक्षिण अफ्रिका तेस्रो, पाकिस्तान चौथो, न्युजिल्यान्ड पाँचौं, श्रीलंका छैटौं, इंग्ल्यान्ड सातौं, बंगलादेश आठौं, अफगानिस्तान नवौं र वेस्ट इण्डिज दशौं स्थानमा छन् ।

 

प्रकाशित मिति : २०८१ असोज ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस