२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ऋषि धमलालाई १० करोडको मुद्दा

rishi dhamala

काठमाडौं । पत्रकार ऋषि धमलाविरुद्ध १० करोड रुपैयाँ क्षतिपूर्ति दाबीसहित काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दायर भएको छ। प्राइम एचडी टेलिभिजनमा प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमले पुर्याएको क्षति वापत १० करोडको दाबी गर्दै व्यापारी राधेश्याम खड्काले मुद्दा दर्ता गराएका हुन्।

कात्तिक २१ गतेका लागि पेशी तोकिएको दर्ता नम्बर ०८१ सीचार १०२२ को मुद्दामा धमलाले टेलिभिजन कार्यक्रममा इमान विष्टलाई उपस्थित गराएर आफ्नो सार्वजनिक गाली बेइज्जती गराएको खड्काको दाबी छ। झूठा कार्यक्रमको खण्डनका लागि प्रेस काउन्सिलमा निवेदन दर्ता गरेर पत्रकार आचार संहितामा कारबाहीको माग समेत गरेका खड्काले आफूविरुद्ध भएको गालीबेइज्जती उपरको क्षतिपूर्तिका लागि फिराद पत्र दायर गरेको उनका कानुनी सल्लाहकार अधिवक्ता अनन्तराज लुईंटेलले जानकारी दिए।

आफू मर्यादित व्यापारी रहेकाले टेलिभिजन कार्यक्रमबाट व्यक्तिगत र व्यावसायिक शाखमा पुगेको क्षतिपूर्ति वापत रकम दाबी गरिएको पनि अधिवक्ता लुईंटेलले बताए। फिरादपत्रमा जनता जान्न चाहन्छन् कार्यक्रममा प्रशारित तथा युटुबलगायतका विभिन्न माध्यममा अपलोड गरिएका भिडियोले आफ्नो मानमर्दनका साथै व्यवसायमा गम्भीर क्षति पुगेको उल्लेख छ।

प्रशारित कार्यक्रममा पीडित भनिएका व्यक्तिमार्फत् आफूलाई गाली बेइज्जती गराउने उद्देश्य राखिएको फिराद पत्रमा लेखिएको छ। उक्त कार्यक्रममा विष्टले खड्कालाइं शतप्रतिशत ठग भएको ठोकुवा गरेका छन् भने धमलालेसमेत विष्टकै बोलीमा लोली मिलाएको पनि फिरादपत्रमा उल्लेख छ। खड्कामाथि काम वापतको रकम नदिएको, मिडियाको पैसा तिर्न बाँकी रहेको आरोप छ। आरोपीले खड्काको कारण आफू पीडित भएको बताएका छन्।

धमला र विष्टले कार्यक्रममा खड्काको नामै किटेर छलफल गरिएको भिडियो युट्युबलगायतमा अपलोड गरिएको पनि फिरादपत्रमा उल्लेख छ। कार्यक्रम प्रस्तोता धमलासँगै आगन्तुक विष्टले आफूलाई ठगको उपाधी दिएर गाली बेइज्जती गरेकाले मुलुकी अपराध संहिता २०७४ को दफा ३०५, ३०६, ३०७ समेतका आधारमा हदैसम्म सजाय गरिपाउन समेत खड्काले माग गरेका छन्।

प्रकाशित मिति : २०८१ असोज ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस