२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सहकारी ठगी प्रकरणमा गोरखा मिडियाका छविलाल जोशी पक्राउ, रविलाई के गर्छ ?

६ असोज, काठमाडौं । सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्क सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । उनी काठमाडौंबाट पक्राउ परेका प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

गृहमन्त्री रमेश लेखकले आइतबार मात्रै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै निर्देशन दिएका थिए । लगत्तै जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो । पक्राउ परेका जोशीलाई आजै पोखरा लैजाने तयारी प्रहरीको छ । उनी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन् ।

सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिएको थियो । जोशीसहित गोरखा मिडियाका जीबी राई, कुमार रम्तेल र तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछनेलाई कारबाहीको सिफारिस थियो । सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानूनबमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने समितिको प्रतिवेदनमा उल्लेख छ । पूर्व गृहमन्त्री समेत रहेका लामिछाने पक्राउ हुने वा नहुने बारे भने माथिल्लो तहमा नै कुरा भइरहेको एक प्रहरी अधिकारीले बताएर सांसदपनि रहेकाले संसदको रायका आधारमा अघि बढ्ने स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०८१ असोज ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस