२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दुर्गा प्रसाईं पक्राउको बिरोध गर्ने ५ जना पक्राउ

काठमाडौं । दुर्गा प्रसाईँ पक्राउको विरोधमा उत्रिएका उनका ५ जना कार्यकर्ता पक्राउ परेका छन्। भोटाहिटीस्थित साइबर ब्युरोबाट २ जना र काठमाडौं जिल्ला अदालत परिसरबाहिरबाट ३ जनालाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो।

ब्युरोले आइतबार अपरान्ह प्रसाईलाई पक्राउ गरेको थियो। एक महिलाले आफ्नो चरित्र हत्या गरेको भन्दै प्रसाई र दुई जना युट्युबरविरुद्ध जाहेरी दिएकी थिइन्। प्रहरीले युट्युबरलाई भने पक्राउ गरेको छैन। प्रसाईले चरित्र हत्या हुने गरी बोलेका विषयहरु ती युट्युबरका च्यानलमा प्रसारण भएको दावी गरिएको छ।

 

प्रकाशित मिति : २०८१ असोज ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस