२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेकपा एमाले दुहबी १ मा अलाउदिन मियाको अध्यक्षतामा सर्वसम्मत २५ सदस्य वडा कमिटि गठन

सुबास घिमिरे /सुनसरी / नेकपा एमाले दुहबी नगरपालिका वडा नं १ को आज सम्पन्न वडा अधिवेशनबाट अलाउदिन मियाको अध्यक्षतामा सर्वसम्मत २५ सदस्य वडा कमिटि गठन भएकोछ । आज दुहबी वडा नं १ मा आयोजित दोस्रो वडा अधिबेशनले नयाँ नेतृत्व चयन गरेको हो। हाल २५ सदस्य कमिटि घोषणा गरिएकोछ भने ६ जना सदस्य समाबेशी आधारमा नव गठित कमिटीले मनोनित गर्ने छ ।

उपाध्यक्ष मा जाबिर हुसान, सचिव नजरुदीन, उप सचिव पुरुष तर्फ दिलिप साह, उप सचिव महिला तर्फ लिलम कुमारी विश्वास चयन हुनु भएको छ । कार्यक्रम को प्रमुख अतिथि, नेकपा एमाले केन्दीय सदस्य एवम् पुर्व मन्त्री माननीय भगबती चौधरी, बिशिस्ट अतिथि कोशी प्रदेस सदस्य अमिद हुसेन, अजुल हुसेन, अतिथिहरु मो तजिब हुनेस, अमित राई,रबि कार्की, बिनय पोख्रेल,खड्क बहादुर कट्टेल, दिवाकर पौडेल, भिम कुमार चौधरी,रहिद मिया, धिरेन्द्र मिश्रप्रविण आचार्य लगायतको उपस्थिति रहेको थियो।

आफ्नो कार्यक्षेत्रभित्रका जनतालाई पार्टीमा गोलबन्द गर्ने, प्रशिक्षित गर्ने, संगठित गर्ने, पार्टीका मातहत कमिटी र जनवर्गीय तथा पेशागत संगठनमा रहेका सदस्यहरूलाई आवश्यक निर्देशन दिने र तिनका कार्यहरूको अनुगमन तथा मूल्यांकन गर्ने, विधानबमोजिम मातहत कमिटीको निर्णय अनुमोदन गर्ने, पार्टी सदस्यताको आवेदन आएमा आवश्यक अध्ययन गरी सिफारिससहित पालिका/इलाका कमिटीमा पठाउने कार्यभार वडा कमिटीको हुने छ।

कार्यक्रममा बोल्दै प्नेरमुख अतिथि नेकपा एमाले केन्दीय सदस्य एवम् पुर्व मन्त्री माननीय भगबती चौधरीले नवगठित कमिटिका सदस्य तथा पदाधिकारीहरुलाई बधाई तथा कार्यकाल सफलताको सुभकामना दिनु भयो साथै सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षाको निम्ति एमालेमा गोलबद्द हुन् र मिसन ८४ सफल पार्ने गरि लाग्न सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

प्रकाशित मिति : २०८१ असोज ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस