२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

घोराही–लमही सडकखण्डको बेलदमारमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

३ असोज, काठमाडौं । दाङको घोराही–लमही सडकखण्डको बेलदमारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक घोराहीको नवलपुर बस्ने २२ वर्षीय श्रवण कुमार पुन र मोटरसाइकल पछाडि सवार घोराही ४ बस्ने २१ वर्षीय विनोद केसी रहेको इलाका प्रहरी कार्यालय लमहीका इन्सपेक्टर प्रकाश भुसालले जानकारी दिए ।

लमहीबाट घोराहीतर्फ जाँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकलमा सवार उनीहरु आज बिहान करिब सवा सात बजे लमही नगरपालिका–६ बेलदमारमा दुर्घटनामा परेका थिए । मुख र टाउकोमा चोट लागेर बोल्न नसक्ने अवस्थामा फेला परेका उनीहरुलाई प्रहरीले लमही अस्पतालमा ल्याएको थियो । चिकित्सकहरुले उनीहरुको मृत्यु भएको पुष्टि गरेका थिए । घटनास्थल लमहीबाट करिब ५ किलोमिटर उत्तर–पश्चिममा पर्दछ ।

प्रकाशित मिति : २०८१ असोज ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस