२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

निरन्तर तेस्राे दिन घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ कारोबार?

Gold Price Today Nepal

काठमाडौं । सुनको मूल्य निरन्तर तेस्रो दिन घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला एक लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १० रुपैयाँले घटेर एक हजार ८८० रुपैयाँमा किनबेच भइरहेकाे छ । बुधबार चाँदी एक हजार ८९० रुपैयाँमा किनबेच भएको थियो ।

 


प्रकाशित मिति : २०८१ असोज ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस