२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गुलशन र रोहितको अर्धशतकमा नेपालले ओमानलाई दियो २२१ रनको लक्ष्य

३ असोज, काठमाडौं । नेपालका कप्तान रोहित पौडेल र गुल्सन झाको अर्धशतकमा आईसीसी विश्वकप लिग–२ मा ओमानविरुद्ध नेपालको सानदार ब्याटिङ देखिएको छ । रोहितले ६४ बलमा २ चौका र ३ छक्कासहित अर्धशतक पूरा गरे । उनले ७२ बलमा ६० रन जोडे । गुल्सनले ३५ बलमा नै ५३ रन बनाएर आउट भए ।

किंग सिटीमा मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनायो । नेपालले आईसीसी विश्वकप लिग–२ मा ओमानलाई २२१ रनको लक्ष्य दिएको छ ।

एक समय १३.१ ओभरमा ३१/३ को अवस्थामा पुगेको नेपाललाई चौथो विकेटका लागि रोहित र आरिफले ८३ रनको साझेदारी गरेका थिए । त्यसअघि नेपालका ओपनर अर्जुन साउद ५, आसिफ शेख र भीम सार्की ११-११ रनमा आउट भए ।

प्रकाशित मिति : २०८१ असोज ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस