२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आजदेखि सोह्र श्राद्ध सुरु

काठमाडौं । दिवंगत पितृको सम्झनामा गरिने सोह्र श्राद्ध आजबाट सुरु भएको छ । असोज कृष्णपक्षको प्रारम्भसँगै बुधबारदेखि हिन्दु परम्पराको पितृ पक्ष सुरु भएको हो । यसअघि प्रथम वार्षिक श्राद्ध (बरखी) गरिएका दिवंगत परिवारजनलाई सम्झेर तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई सोह्र श्राद्ध पनि भन्ने गरिन्छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यस अवसरमा पशुपतिनाथ मन्दिरमा आइतबार बिहानैदेखि श्राद्ध गर्नेको भीड लागेको छ । यस अवसरमा आफ्ना पूर्वजहरूको मृत्युमा तिथिअनुसार श्राद्ध गर्ने परम्परा रहिआएको छ ।

 

 

 

 

प्रकाशित मिति : २०८१ असोज २ गते बुधवार
प्रतिक्रिया दिनुहोस