२०८१ असोज २ गते बुधवार | 2024 September 18th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालेन साह एकसातादेखि भारतमा, इन्द्रजात्रामा प्रधानमन्त्रीको स्वागत टार्न गएको चर्चा

काठमाडौं, ३१ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) हाल भारतको बैंगलोरमा रहेको खुल्न आएको छ । उनको सचिवालयकाअनुसार साह एकसातादेखि बैंगलोरमा छन् र उनी मंगलबार काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

साह आफूले अध्ययन गरेको कलेजका पूर्वविद्यार्थीहरूको कार्यक्रममा सहभागी हुन बैंगलोर पुगेको सचिवालयले जनाएको छ । केहीदिनअघि अनेरास्ववियुका अध्यक्ष समिक बडालले साह आफ्नो शैक्षिक प्रमाणपत्रमा नाम सच्याउन बैंगलोर गएको दाबी गरेका थिए ।

यसैबीच, भोलि मंगलबार काठमाडौंमा इन्द्रजात्राको मुख्य दिनमा मेयर साह सहभागी नहुने बताइएको छ । प्रत्येक वर्ष इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गर्दै आएको छ, जसमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ अधिकारीहरूलाई निमन्त्रणा गरिन्छ र मेयर तथा उपमेयरले उनीहरूको स्वागत गर्ने परम्परा रहेको छ । तर यसवर्ष मेयर साह इन्द्रजात्रा कार्यक्रममा उपस्थित नहुने बताइएको छ ।

उनको सचिवालयकाअनुसार साह इन्द्रजात्रा सकिएपछि मात्र काठमाडौं फर्कने कार्यक्रम रहेको छ । केहीले मेयर साह प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागत टार्न भारत गएको दाबी गरिरहेका छन् ।

प्रकाशित मिति : २०८१ भाद्र ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस