२०८१ असोज २ गते बुधवार | 2024 September 18th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

डोटीमा बलात्कार मुद्दाका अभियुक्त १० वर्षपछि पक्राउ

३१ भदौ, धनगढी । डोटीमा जबर्जस्तीकरणी मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । दिपायल सिलगढी नगरपालिका–७ उडीतोला बस्ने ४७ वर्षीय रामबहादुर खड्कालाई १० वर्षपछि आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खड्कालाई जबरजस्ती करणी मुद्दामा ३ वर्ष कैद सजाय सुनाइएको थियो । जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख डीएसपी भीमलाल भट्टराईले ३० साउन २०७२ देखि फरार रहेका खड्कालाई दिपायल सिलगढी नगरपालिका–७ सिलगढी–साफे सडकखण्डमा शंकास्पद रुपमा हिंडिरहेको अवस्थामा पक्राउ गरिएको बताए । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत डोटीमा पु गरिएको उनले बताए ।

 

प्रकाशित मिति : २०८१ भाद्र ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस